कार्तिक ७ सम्ममा क्लिन फिड लागु गर्न निर्देशन


२८ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न निर्देशन दिएकाे छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दैै कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार