भारतकाे तिहाड जेलमा कैदिकाे पेट भित्र माेवाइल भेटिएपछि


१० भदौ, एजेन्सी। भारतकाे तिहाड जेलमा अनाैठाे घटना भएकाे छ । जेल भित्र रहेकाे कैदिकाे पेट भित्र माेवाइल भेटिएकाे छ ।

सुन्दर राजाराम नाम गरेकाे कैदिकाे पेट भित्र माेवाइल रहेकाे थाह पाए पछि उनलाइ दीनदयाल उपाध्याय अस्पताल लगिएकाे थियाे ।

स्राेतका अनुसार उनिलाइ एक बर्ष अघि चाेरी र लुटपाट गरेकाे अाराेपमा पक्राउ गरि भारतकाे तिहाड जेलमा रखिएकाे थियाे ।

जेल प्रशासनले उनिसंग माेवाइल रहेका थाह पायाे र खानतलासी गर्दा माेवाइल उनकाे पेटमा रहेकाे निश्कर्ष निकाल्याे ।

त्यसपछि उनलाइ अस्पताल लगेर अपरेसन गरियाे । तव साच्चैनै उनकाे पेटमा एक चाइनिज माेवाइल भेटियाे ।

र अझै पनि एउटा माइक्राे सिम र मिनि चार्जर उनकाे पेटमा रहेकाे डाक्टरहरूले बताएका छन ।

तिहाड जेलमा १६ हजार कैदि रहेका छन ।

सम्बन्धित समाचार