गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना पुष्टि


२८ असोज, काठमाडौं । गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना पुष्टि भएकाे छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना पुष्टि भएकाे हाे ।

जसमा तनहुँका ३ जना, कास्कीका ४९ जना, लमजुङका ४ जना, स्याङ्जाका १ जना, गाेरखाका १७ जना,पर्वतका १ जना, म्याग्दीका १ जना, नवलपरासी सुस्ता पुर्वाका ६ जना, बाग्लुङका २ जना रहेका छन ।

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भइरहेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यी संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१८७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार