भूमिगत समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन


३० असोज, काठमाडौं । गृहमन्त्री राममबहादुर थापाले भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा बाधा पैदा गर्ने कोशिस गरिरहेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन ।

शुक्रबार ६५ औं प्रहरी दिवशको अवसरमा प्रहरी हेडक्वाटर नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूह सक्रिय हुन थालेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई निर्देशन दिएका हुन ।

त्यस्तै उनले त्यस्ता समुहको सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा सम्झौता नगर्न पनि प्रहरीलाई निर्देशन दिए । उनले अपराध र अपराधीको विषयमा आफूभन्दा प्रहरी नै धेरै जानकार र व्यवसायिक रहेको भन्दै अपराधको प्रवृति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्न आग्रह गरे ।

उनले नेपाल प्रहरीका हजारौं राम्रा कामलाई नजरअन्दाज गर्दै औंलामा गन्न सकिने कार्यगत त्रुटीलाई मात्रै प्रचार प्रसार गरिएको गुनासो गरे । गृहमन्त्री थापाले प्रहरीलाई तेजबधभन्दा पनि रचनात्मक सुझाव र पृष्ठपोषण नै अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार