बडादशैं आजबाट सुरु, घरघरमा जमरा राखिदै


१ कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आजबाट सुरु भएकाे छ ।

आज घटस्थापना, अर्थात दशैंको पहिलो दिन। नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ।

घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार