नेपालीहरु महान चाड बडादशैँ सुरु, आज घटस्थापना


१ कात्तिक, काठमाडौं । आज घटस्थापना, अर्थात दशैंको पहिलो दिन। नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ। विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो।

प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ।

यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ। घटस्थापनाको दिन बिशेष बिधि संगै जौ, गहु र मकैलाइ माटोमा छरिन्छ र टिकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा राखेर त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।घटस्थापनाको साइत आज बिहान ११ : ४६ बजे रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार