सरकारले आफ्नाे भूमिसमेत दाबी गर्न सकेन- प्रकाशमान सिंह


१ कात्तिक, काठमाडौं । नेपली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नाे भूमिसमेत दाबी गर्न नसकेकाे बताएका छन् ।

नागार्जुन नगरपालिकाले स्युचाटारमा निर्माण गरेकाे ओपन फिटनेस पार्ककाे उद्घाटन गर्दै शनिबार उनले सरकारकाे परराष्ट्रनीति असन्तुलित देखिएकाे बताएका हुन ।

हुम्लामा नेपाली भूमि चिनले अतिक्रमण गरेकाेबारे बुझ्न गएकाे सरकारी टाेली नपुग्दै परराष्ट्रमन्त्री समेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएकाे भन्दै उनले यस्ताे बताएका हुन् ।

“आफ्नाे राष्ट्रकाे भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्ताे भान जनतालाई भइरहेकाे छ । याे दुर्भाग्य हाे । ” उनले भने ।

त्यस्तै उनले अहिले ठुला ठेला भ्रष्टाचार काण्ड भएकाे भन्दै त्यसकाे निष्पक्ष छानविनकाे पनि माग गरे । जतिसुकै ठुलाे नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले बताए । नेता सिंहले करिब दुई तिहाई बहुमत नजिककाे वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएकाे बताए ।

सरकार काेराेना महामारीकाे बेलामा पनि मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरेकाे भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेकाे सिंहकाे भनाई थियाे । दिनानुदिन बलात्कार महिला हिंसाका घटना बढेकाे भन्दै सरकारले शान्ति सुरक्षा दिन पनि नसकेकाे उनले बताए ।

त्यस्तै कार्यक्रममा मेयर माेहनबहादुर बस्नेतले स्युचाटारले प्रजातान्त्र स्थापनाका लागि कलंकीकाे माेर्चामा संघर्ष गर्दै बलिदान दिएकाे स्मरण गर्दै याे ठाउँमा नमूना विकास गर्ने बताए । जनआन्दाेलनका उपलब्धि रक्षा गर्न पुन: स्युचाटारबाटै संकल्प गर्नुपर्ने भन्दै अब कांग्रेस हाक्न र मुलुकलाई कुसल नेत्त्रित्वदिन आगामि महाधिवेशनबाट प्रकाशमान सिंहलाई सभापति बनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार