गजल: म त आराम गर्न बसेकि हुँ हारेकी छैन


रिता आले मगर

म त आराम गर्न बसेकि हुँ हारेकी छैन

गन्तव्यमा पुग्ने आस अझै मारेकी छैन!

कुनै दिन तिमिलाइ मेरो आवश्यक परेमा

फर्की आए हुन्छ काडाले बाटो बारेकी छैन !!

चाहेर पनि तिमी जस्तो बैगुनी बन्न सक्दिन म

बदनाम हुदा तिमिलाइ गाह्रो पारेकी छैन!!!

तिमी जस्तै निर्दयी धोकेबाज र स्वार्थी बनेर

यो दिलको बसाई अर्को दिलमा सारेकी छैन!!!!

अब त आखामा पनि आँसु सकिए जस्तो छ

धेरै भयो आखाबाट थोपो आँसु झारेकी छैन!!!!!

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार