
३ कात्तिक, काठमाडौं । हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज देशका थाेरै स्थानमा हल्का वर्षा हुने तर धेरै स्थानमा माैसम सफा रहने विभागले जानकारी दिएकाे छ ।
कार्तिक ०३ गते सोमबारको मौसम पूर्वानुमान
दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।