डडेल्धुरामा जिप दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु


११ भदौ, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ सेरागाडमा जिप दुर्घटना भएकाे छ ।

 दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडीको पाटन नगरपालिका वडा नं. ३ का ६३ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा दुई जना सामान्य घाइते भएको र अन्य सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार