सुशील गर्तौलाको नयाँ गीत सार्वजनिक (भिडियो)


भदौ, काठमाडौं । द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका सुशील गर्तौलाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ ।

सुशीलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो । द भ्वाइसको अडिसनमा पनि सुशीलले यसै गीतको केही अंश गाएका थिए । 

भिडियो निर्देशन प्रकाश धितालले गरेका छन । भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेल फिचर छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने नृत्य निर्देशन सन्तोष राजबाहकको रहेको छ ।

 भिडियो

सम्बन्धित समाचार