थप ५७० जनामा कोरोना पुष्टि, ३१६८ जना डिस्चार्ज


११ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  थप ५७० जनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयको अनुसार मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज