भुटानविरुद्ध ५–० को जित निकाल्दै नेपाल फाइनल प्रवेश


१२ भदौ,काठमाडौं ।  साफ यू–१५ च्याम्पियनशिपमा नेपाल फाइनल प्रवेश गरेको छ । 

भारतको कल्याणी रंगशालामा भुटानविरुद्ध ५–० को जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो । तालिकामा ९ अंक जोडेको भारत शीर्ष स्थानमा छ भने ‘हेड टु हेड’ का आधारमा नेपाल दोस्रो स्थानमा छ । 

यसैगरी बिहीबार दिउँसो नै भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । नेपाल बंगलादेशविरुद्ध ‘हेड टु हेड’ का आधारमा अघि रहेकाले भारतलाई पराजित गरेमा पनि नेपाललाई असर गर्ने छैन ।

नेपालले भुटानलाई सुरुदेखि नै दबावमा राखेको थियो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । नेपालको जितमा प्रदीप लम्सालले २ तथा निराजन खत्री, कृष सापकोटा र असिम राईले समान एक एक गोल गरे । 

उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार