भारतीय पत्रकार गोस्वामीलाई १४ दिनका लागि हिरासतमा पठाइयाे


२० कात्तिक, काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ।

भारतको रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्नबलाई बुधबार अबेर राति हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निवेदनमाथि बिहीबार सुनुवाइ हुन सक्ने भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार