
२० कात्तिक, काठमाडौं । श्री सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको छ ।
टेलिभिजनका प्रबन्ध निर्देशक उज्जवल चौलागाईँलेका अनुसार तिहारसम्म २४ घन्टा प्रशारण हुने गरी टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको हाे ।
करिब रु ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजन वागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रशारण हुने कम्पनिले जानकारी दिएकाे छ ।
टेलिभिजनको काठमाडौँ र हेटौडामा स्टुडियो रहने छ ।