पाकिस्तानद्धारा ‘गजनबी’ नामकाे मिसाइल परीक्षण


१२ भदौ, काठमाडौं । जम्मू-कश्मीर मुद्दामा भारतसँग विवाद बढिरहेको बेला पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

 पाकिस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गरेर यसको पुष्टि गरेका छन् ।

उनले ट्वीटरमा लेखेअनुसार गजनबी मिसाइलले २९० किलोमिटर टाढासम्म मार हान्न सक्छ ।

बिभिन्न प्रकारका हतियार लैजान सक्ने विशेषतायुक्त यो मिसाइलमार्फत  सतहबाट सतहमा पनि प्रहार गर्न सकिन्छ ।

मिसाइल परीक्षणपछि पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले पूरै टिमलाई बधाई दिएका छन् ।

ब्यालेस्टिक मिसाइलको प्रयोग आमरुपमा परमाणु बमको लागि हुन्छ, तर कहिलेकाहीँ पारम्परिक हतियारको साथमा पनि यसको प्रयोग हुँदै आएको छ ।

सम्बन्धित समाचार