अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षा मन्त्री मार्कलाई गरे बर्खास्त


२५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडन निर्वाचित भइसके पछि पनि रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गरेका छन्।

मंगलबार ट्वीट गर्दै ट्रम्पले एस्परलाई बर्खास्त गरिएको र उनको ठाउँमा राष्ट्रिय प्रतिआतंकवाद केन्द्रका प्रमुख क्रिष्टोफर मिलरले निमित्त रक्षा मन्त्रीको काम गर्ने बताएका छन्। 

चुनावमा पराजित भएका ट्रम्पले आफ्नो कार्यकाल सकिन दुई महिनामात्र बाँकी रहँदा रक्षा मन्त्री हटाएका हुन ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडनले पदभार ग्रहण नगर्दासम्म ट्रम्पले निर्णय गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार