सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने


४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटका लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।

होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हाे ।

यसअघि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् र हाेबार्ट उनकाे दाेस्राे टिम हाे ।

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महशुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।  

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार