आज बिहीबार सुन ताेलामा ७ सय रूपैयाले घट्याे


४ मंसिर, काठमाडौं । बिहीबार सुनकाे भाउ घटेकाे छ ।

बुधबार ९५ हजार १ सय रूपैयामा काराेबार भएकाे छापावाला सुन आज बिहीबार ताेलामा ७ सय रूपैया घटेर ताेलाकाे ९४ हजार ४ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै तेजावी सुन प्रतिताेला ९३ हजार ९ सय रूपैयामा काराेबार भइरहेकाे छ ।

आज बिहीबार चाँदी प्रतिताेला १ हजार २ सय १५ रूपैयमा काराेबार भइरहेकाे छ । हिजाे चाँदी प्रतिताेला १ हजार २ सय ३० रूपैयामा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार