
८ मंसिर, काठमाडौं । महानगरीक ट्राफिक प्रहरी महाशाखामा प्रमुखका रुपमा प्रमुख वरिष्ठ उपरीक्षक जनक भट्टराईले कार्यभार सम्हालेका छन ।
सोमबार महाशाखामा आयोजित एक कार्यक्रमकाबीच यसअघिका प्रमुख वरिष्ठ उपरीक्षक भीम ढकाललााई विदाई तथा नवनियुक्त प्रमुख जनक भट्टराईलाई स्वागत गरिएको थियो ।
उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न ध्यानकेन्द्रीत गरेको बताए । आफु प्रहरी प्रधान कार्यालयमा सरुवा भएको जानकारी दिदै उनले जनताको सेवामा थप क्रियाशिल हुने बताए ।
त्यस्तै नवनियुक्त प्रमुख भट्टराईले ट्राफिक जाम न्यूनीकरण र दुर्घटना घटाउन पनि आफ्नो प्रयास हुने उनले बताए ।
कार्यक्रममा महाशाखले निष्ठापूर्वक काम गर्ने १९ जना ट्राफिक प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।