
९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले नेकपाको आन्तरिक विवादमा बाबुराम भट्टराईको रहस्यमय र सक्रियता रहेको बताएका छन्।
सामाजीक संजालमा लेख्दै बास्काेटाले यस्ताे बताएका हुन ।
‘नेकपाकाे आन्तरिक शक्तिसङघर्षमा भूतपुर्व कमरेड डा बावुरामकाे रहस्यमय तर सक्रिय र खुल्ला प्रवेशले धाेबीघाट गठबन्धनका स्वघाेषित सूत्रधार काजी कमरेड मात्र हैन म पनि खुशी छु।अब पाेल्टाे र भूँइ बचाउने सङघर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाईराछ, हेराै के हुन्छ।’ उनले लेखेका छन ।