
९ मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सशस्त्र प्रहरी निरीक्षककाे मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।
अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार प्रहरी निरीक्षक बुढाथोकीको सोमबार राति करिब ११ः२० बजे मृत्यु भएको हो ।
घर तेह्रथुमको म्याङ्लुङ् रहेकाे उनकाे भेन्टिलेटरमा उपचार भइरहेको थियो ।