बन्द रहेका नेपाल-भारत सीमा खुलाउन जसपाको माग


९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले काेराेना महामारीका कारण बन्द रहेको नेपाल–भारतको सीमा खुलाउन सरकारसँग माग गरेको छ ।

जसपा नेपालका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्ति लामो समय देखि बन्द गरिएको सिमा नाकाका कारणले देशको अर्थतन्त्र धाराशायी हुनुको साथै सीमा क्षेत्र खासगरी तराई मधेशका जनताको जीवन अत्यन्त कष्ठटर हुन गएको बताइएकाे छ ।

जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार रोजगारी, आर्थिक, समाजिक लगायतका क्षेत्रमा गम्भीर समस्या भएको जसपाले जनाएको छ ।

जनताको जीवनलाई थप कष्टकर हुन नदिनका लागि सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार