बालिका हत्या प्रकरण: ३ जना घाइते


९ मंसिर, काठमाडौं । ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा महाेत्तरीकाे बर्दिवासमा प्रदर्शन चर्किदा तीन जना घाइते भएका छन ।

बालिका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गस्थित बर्दिवासमा विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका हुन् ।

घाइते हुनेमा बर्दिवासकै श्याम कार्की, सञ्जय न्यौपाने र नाम खुल्न नसकेका अर्काे एक जना छन् ।

प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

घाइते २ जनालाइ उपाचारका लागी काठमाण्डाै पठाइएकाे र एक जनाकाे बर्दिवासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार