बैतडीमा जिप दुर्घटना, ५ जनाको मृत्यु


९ मंसिर, काठमाडौं । बैतडीमा मंगलबार जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएकाे छ ।

दुर्घटनामाबैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगिरथ पाण्डेय मृत्यु भएकाे छ ।

यस्तै गरि दशरथचन्द नगरपालिका–५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द, ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएकाे छ ।

झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार