
९ मंसिर, काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर १७९० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
यी संगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा देशभर २७९१ जना डिस्चार्ज भएका छन । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या दुई लाख ४ हजार ८ सय ५९ पुगेकाे छ ।
कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कूल मृतकको संख्या १ हजार ३६१ पुगेको छ ।