काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि


९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि भएको छ ।

जस अनुसार काठमाडौंमा ६०२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना देखिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २४ जनाको ज्यान गएको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा देशभर १७९० जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ७२१ महिला र १०६९ पुरुष गरिथप १७९० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा थप २ हजार ७ सय ९१ जना कोरोना मुक्त भएका छन् भने हालसम्म दुइ लाख चार हजार ८५८ जना निको भएका छन् ।

त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ जना छन् । त्यस्तै ६२७ जना क्वारेन्टीनमा छन् । हालसम्म १६ लाख ८१ हजार २९९ वटा पिसिआर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार