
१९ मंसिर, काठमाडौं । आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदैछ ।
नारायणगोपालले ५ सय बढि नेपाली गीतमा आफ्नो स्वर दिएका छन् ।
गायक नारायण गोपालका मलाई नसोध कहाँ दुख्छ घाउ, दुईटा फूल देउरालीमा, जुन फुल मैले रोजेको थिए, एउटा मान्छेको मायाले कति लगायतका गीतहरु अहिले पनि उत्तिकै लोकप्रीय छन् ।
उनले पहिलो पटक २०१७ सालमा रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए । ‘पक्षीको पंखमा धर्तीको याद’ बोलको गीत उनको पहिलो रेकर्ड भएको गीत हो ।
१९९६ सालमा असोज १८ गते काठमाण्डाैको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।