प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको पहिलो अधिवेशन सम्पन्न


१६ भदौ, काठमाडौं । प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको पहिलो अधिवेशन तथा दोस्रो साधारणसभा आइतबार बौद्ध तामाङ कल्याण गुठी फुलबारीमा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिमा राजन कुमार थोकरको अध्यक्षतामा १३ सदस्यीय रहेको छ ।

जसको उपध्यक्षमा खेल बहादुर लामा, महासचिवमा रोज बहादुर तामाङ (च्याङ्वा), सचिवमा सन्जली घिसिङ, कोषध्यक्षमा राजु लामा, सदस्यमा जित लाल तामाङ, सदस्यहरुमा देवेन्द्र कुमार लामा , चेङ शेर्पा, शर्मीला तामाङ, लवाङ डोल्मो लामा, फूलमाया लामा, रोजीना योञ्जन , पर्वती तामाङ रहेका छन् ।

टुल्कु लोसाङ नम्ग्याल रेन्पोछे को प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो , विशेष अतिथिहरुमा वरिष्ठ समाजसेवी जयमंगल लामा, बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, बौद्ध तामाङ कल्यण गुठीका अध्यक्ष खडकजीत लामा, बौद्ध सामुदायीक सेवा समितिका अध्यक्ष विर बहादुर वाईवा, वरिष्ठ समाजसेवी धर्मकाजी लामा वरिष्ठ समाजसेवी रत्नवज्र लामा रहेका थिए ।

त्यसैगरि कार्यक्रमको अतिथिहरुमा धर्मगुरु कर्मसिदि लामा, श्रद्धेय धर्मगुरु आचार्य सर्वजीत गोङ्वा वरिष्ठ समाज सेवी श्री लाक्पा ठिन्ले शोर्पा, वरिष्ठ थाङ्क व्यवासायी विनोद योञ्जन लामा, लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु रहेका थिए ।

निर्वाचित कार्यसमिति सदस्यहरुलाई प्रमण पत्र संगै प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) चुडादेव सिंह लामाले सपाथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार