
२३ मंसिर, काठमाडौं । नेपाल टेलिकमले सामाजीक संजालमा देखिने भ्रामक विज्ञापनमा नफस्न अनुराेध गरेकाे छ ।
मंगलबार विज्ञप्ती जारी गर्दै नेपाल टेलिकमले टेलिकमकाे नाम लाेगाे तथा अन्य सामाग्रीहरू प्रयाेग गरि विभिन्न सामाजीक संजालमा अनाधिकृत पेज मार्फत भ्रामक जानकारी प्रकाशित भएकाेले सचेत रहन अनुराेध गरेकाे हाे ।
त्यस्ता अनाधिकृत पेजमा आफ्नाे कुनै पनि विवरण र सुचनाहरू उपलब्द नगराउन टेलिकमले अनुराेध गरेकाे छ ।
केहि दिन देखि सामाजी संजालमा नेपाल टेलिकमकाे नाम लाेगाे प्रयाेग गरि अनाधिकृत पेज मार्फत विवरणहरू भर्न र आइफाेन जित्न भनि विज्ञापना सार्वजनिक भइरहेकाे छ ।
