मोटरसाईकलको ठक्करबाट धरानमा एक जनाको मृत्यु


१७ भदौ, सुनसरी ।  सुनसरीको धरान उप-महानगरपालिका-१८ लाङघाली चोकमा सोमवार भएको मोटरसाईकलको ठक्करबाट ६९ बर्षीय बृद्धको मृत्यु भएको छ ।

दिउँसो सवा १ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १४ प १२०३ नम्बरको मोटरसाईकलले पैदल यात्री धरान १५ का ६९ बर्षीय श्री प्रसाद राईलाई ठक्कर दिंदा राई गम्भीर घाईते भएका थिए ।

घाईतेलाई तत्काल उपचारको लागि धरानकै घोपा क्याम्प पठाईएको र थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार