नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चकाे आदेश


१७ भदौ, काठमाडौं ।  नेपाल ओलम्पिक कमिटीको २० गते हुने भनिएको चुनाव रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नेपाल ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले चुनाव रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले ओलम्पिक कमिटीलाई १५ दिनभित्र जवाफ दिन निर्देशन दिँदै त्यतिबेलासम्म चुनाव रोक्न अन्तरिम आदेश दिएको हो ।

चुनावका लागि मनोनयन प्रक्रिया सकिए सकिएको छ भने उपमहासचिव र कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

आसन्न चुनावका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले अध्यक्षमा मनोनयन गरकेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार