
१७ पुस, काठमाडौं । काठमाडौंको चाबहिलमा सहकारी संस्थाका कर्मचारीमाथि चक्कु प्रहार गरी लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगर-२६ नरदेविका २६ वर्षीय अमित तुलाधर, भुरूङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन शाही नेपाली, बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा, चक्रपथ बस्ने २२ वर्षीय अभय तुलाधर र नरदेवि बस्ने १८ वर्षीय रोहित शाही रहेका छन ।
महानगरिय प्रहरीकाे अनुसार उनीहरूले बुधबार दिउँसो ३ बजे काठमाडौं-७ चाबहिलको ए वान क्याफे नजिकै एक सहकारीका कर्मचारीकाे मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९ सय १५ रुपैयाँ लुटपाट गरेका थिए।
उनीहरूबाट प्रहरीले चोरीका चार वटा स्कुटर र एक मोटरसाइकल पनि बरामद गरेको छ।