सुन तोलामा एक सय रुपैयाँ घट्याे


१९ भदौ, काठमाडौं । सुनको मूल्य बिहीबार घटेको छ ।

छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएको छ । 

यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सम्बन्धित समाचार