चार थान हतियारसहित तीन जना कैलालीमा पक्राउ


१८ भदौ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट चार थान हतियारसहित तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र जिल्ला प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरूको साथबाट नक्कली चेक पनि बरामद भएको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान भइरहेको भन्दै नाम सार्वजनिक गरेको छैन।

उनीहरूको साथबाट नेपाल राष्ट्र बैंकका नक्कली कागजात, तमसुक तथा सुनका गरगहनासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुको साथबाट केही गहनाहरुसमेत बरामद भएको भनिए पनि परिमाण पनि खुलाइएको छैन । सबै जानकारी पत्रकार सम्मेलनमार्फत् दिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार