प्रधानमन्त्री ओली संबिधान नै असफल गराउने खेलमा लागे- गुरुराज घिमिरे


२८ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरि नेपालको इतिहासमा सबै भन्दा नराम्रो कदम उठाएको बताएको छन् ।

रेडियो काठमाण्डुसंग कुराकानी गर्दै घिमिरेले संसद बिघटन गरी ओलीले देशमा सङ्कट उत्पन्न गर्न खोजेको आरोप लगाए ।

जुन संबिधान अनुसार ओली प्रधानमन्त्री भएका हुन् त्यही संबिधान नै असफल गराउने खेलमा उनि लागेकाे भन्दै उनले भने “ जुन लौरीे टेकेर राजनीतीको जंघार तरे त्यहि लौरी भाँचेर फाल्ने अधिकार ओलीलाई छैन । किनकी संबिधान नेपाली जनताको हो । नेपाली जनताद्धारा बनाइएको संबिधानको धज्जी उडाउन कसैले पनि पाउँदैन ।”

संबिधानको प्रयोग गरि राजनिती लाभ लिएको र अहिले यहि संबिधान नै असफल पार्न प्रधानमन्त्री लागी परेको नेता घिमिरेको भनाई रहेको छ ।

प्रधानमन्त्रीले संबिधानको उल्लङ्घन गरे यसलाई सच्चाउनु पर्छ, भन्ने पक्षमा आफुहरु रहेको कुरा बताए ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज