जिम्बाब्वेका पूर्व राष्ट्रपतिको सिङ्गापुरमा निधन


२० भदौ, बीबीसी । जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको छ।

उनी जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री निर्वाचित भएका थिए। पछि उनी राष्ट्रपति भए।

उनले तीन दशक देशमा शासन गरेका थिए।

उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार हुँदै थियो।

परिवारले मुगाबेको मृत्यु भएको बीबीसीसँग पुष्टि गरेको छ।

सम्बन्धित समाचार