ट्रकले किच्दा १३ मजदुरको ज्यान गयो


६ माघ, काठमाडौं । ट्रकले किच्दा भारतमा १३ जना मजुदरको मृत्यु भएको छ। सोमबार राति भारतमा गुजरात राज्यमा ट्रकले मजदुरहरुको ज्यान लिएको हो ।

सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्दा कम्तिमा १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको हो । दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए। दुर्घटनामा घाइते अन्य मजदुरहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार