
माघ, काठमाडौं । -यापर राजेन्द्र भट्ट (मिस्टर आर.जे) को नयाँ गीत ‘माकुरी’ सार्बजनिक भएको छ ।
नवराज कलाउनीको शब्द र मिस्टर आरजे अर्थात राजेन्द्र भट्टको संगीत रहेको ‘माकुरी’ बोलको गीतमा गायक समिर आचार्य र गायिका रोषनी थापाको स्वर रहेको छ भने उत्त गितको एरेन्ज मोहित मुनालले गरेका छन ।
माया प्रेमको भाबमा रहेको गित डान्सिङ बिटमा रहेको छ । यस गितको भिडियोमा पछिल्लो समयका चर्चित कलाकारहरु हरिश निरौला ‘कक्रेच’, जीवेश गुरुगं, एलिशा राई, उसा उप्रेती , समारिका र स्मारिका ढकाल को अभिनय रहेको छ ।
बिधान कार्कीको निर्देशनमा निर्माण भएको भिडियोमा हरी हुमागाईंको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।