
७ माघ, काठमाडौं । सेयरबजार कारोबारको परिसूचक मापक नेप्सेमा बुधबार हरियाली धेरै रातम्मे कम देखिएको छ । विकास बैकं, फाईनानस, हाईड्रो, बिमा लगायतका कम्पनीहरुका सेयरहरु बढेर हरियाली लागेर उकालो लाग्दा होटल, बैकं तथा उत्पादनमूलक क्षेत्रका सेयर भने रातम्मे भए ।
विकास बैकं, फाईनानस, हाईड्रो, बिमा लगायतका कम्पनीहरुका सेयरहरु बढेर हरियाली लागेर उकालो लाग्दा होटल, बैकं तथा उत्पादनमूलक क्षेत्रका सेयर भने रातम्मे भए ।
बुधबार नेप्सेमा सूचिकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका कम्पनीहरुमध्ये १०४ कम्पनीका सेयर उकालो लागे भने ६१ कम्पनीको सेयर खस्केके छ। यसैगरी ११ कम्पनीका सेयर परिवर्तन भएका छैनन् ।
निकै उतारचढाबका बिचमा नेप्से परिसूचक आज १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३ सय ४२ दशमलव ७६ अंकमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेर दिनभर ५३ हजार ३१४ कारोबारबाट १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।