
७ माघ, काठमाडौं । नेपालमा बुधबार थप ३४८ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० जना पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ७५ पुगेको छ ।
त्यस्तै थप ३८३ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६२ हजार ६ सय ४२ जनाले कोरोना जितेका छन् ।