ऐतिहासिक महत्व बोकेको सार्बजनिक जग्गामा मध्यरातमा चल्यो डोजर


८ माघ , काठमाण्डौं । गोकर्णेश्वर नगरपालिका वडा न. ५ बाहुनधारामा अपरिचत समुहले सार्बजनिक जग्गामा डोजर चलाएको छ ।

उक्त सार्बजनिक जग्गामा बुधबार मध्यरातमा अपरिचत समुहले डोजर चलाएको स्थानीहरुले बताएका छन् ।

सो सार्वजनिक जग्गामा सहिद स्मृत पार्क थियो । जहाँ स्थानीयहरुले बिभिन्न सार्बजनिक कार्यक्रमहरु गर्दै आइरहेका थिए ।

आफुहरुले पहिले देखि भोग चलन गर्दै आएको सार्वजनिक जग्गामा एक्कासि डोजर चल्दा स्थानीयहरु आक्रोशित भएका छन् । भुमाफियाहरुले सार्वजनिक सम्पति कब्जा गर्न खोजेको स्थानीयहरुको ठम्याई रहेको छ ।

सार्वजनिक जग्गा माथि कब्जा जमाउन खोज्ने जो कोही भए पनि नछाड्ने स्थानीयहरु बताउछन् ।

आफुहरु बच्चा हुदा देखि नै यो जग्गा सार्वजनिक जग्गाको रुपमा प्रयोग गर्दै आएको बताउदै एक स्थानीय बृद्धाले सार्वजनिक सम्पति कब्जा गर्न खोज्नेलाई नगरपलिकाले तत्काल कारबाही गर्नु पर्ने बताए ।

यसै बिच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोस चालीसेले यसरी सार्बजनिक जग्गामा कब्जा जमाउन खोज्नेलाई नगरपालीकाले तल्काल कारबाही गर्ने बताएका छन् ।

उनले भने “सयौ बर्ष देखि स्थानीयहरुले सार्वजनिक जग्गाको रुपमा प्रयोग गर्दै आइरहेको जग्गामा यसरी डोजर चलाउन मिल्दैन । हाम्रो नगरपालिकाले आजैबाट कारबाही प्रक्रिया अगाडी बढाउँछ ।”

साथै मध्यरातमा डकैती शैलीमा सार्बजनिक सम्पति माथी भुमाफियाले यसरी डोजर चलाउन नमिल्ने भन्दै गोकर्णेश्वर नगरपालिका वडा न ५ का वडा अध्यक्ष नारायण सुबेदीले वडाको तर्फबाट जुनसुकै अबस्थामा पनि सार्बजनिक सम्पत्तिको रक्षा गर्ने बताए ।

भिडियाे हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार