प्रशिक्षक वाटमोर भन्छन- खेल्नलाई मात्रै नभई अब जित्नका लागि पनि मैदान उत्रन्छाै


८ माघ, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपाली टिमको वरियता सुधार गर्नुमै आफ्नो ध्यान केन्द्रीत रहने बताएका छन ।

बिहीबार काठमाडौंमा संचारकर्मीसंगको अन्तक्र्रियामा उनले आफ्नो अनुभव नेपाली क्रिकेट विकास र नेपाली टिमको वरियता सुधार गर्नुमै केन्द्रीत गर्ने बताएका हुन । एकदिवसीय क्रिकेटको वरीयता सुधार गर्ने मुख्य लक्ष्य हुने उनको भनाई छ ।

वाटमोरले आफू च्यालेन्ज स्वीकार गरेर नै नेपाल आएको तर्क गरे । उनले एक बर्षमा टिम खेल्नलाई मात्रै नभई अब जित्नका लागि पनि मैदान उत्रने प्रतिक्रिया दिए ।

नेपाल क्रिकेट संघ क्यानले गत पुस २ गते वाटमोरलाई एक बर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार