कलाकारमा अनुशासन हराएको हो की जस्ताे लाग्छ- सन्तु थापा


माघ, काठमाण्डौं । नेपाली लोक संस्कृतीलाई जोगाउन पर्छ । नेपाली लोक संस्कृतीलाई बिश्व बजारमा चिनाउन पर्छ भन्ने मान्याता राखेर नेपाली लोक संगीतमा लागेका कलाकार हुन सन्तु थापा ।

सन्तु थापा ,यो नाम नेपाली लोकसंगीतको क्षेत्रमा धेरै परिचित नाम हो । सुरिलो स्वरका धनी थापाले नेपालको लोक गीतको क्षेत्रमा धेरै योग्दान दिएका छन ।

गीत संगीतमार्फत कहिले परदेशिएका दाजुभाईको पिडा, कहिले गरिबिकाे पीडा, कहिले मजदुरको पीडा लिएर दर्शक,स्रोतासमक्ष आईरहन्छन । उनले दर्शक, स्रोताको माया पनि निरन्तर पाइरहेका छन ।

उनको जन्म गुल्मी जिल्ला भएको होे । गुल्मी जिल्ला यसै पनि लोक सँस्कृतिको क्षेत्रमा धेरै माथि रहेको जिल्ला हो । लोक संस्कृतीमय वातावरणमा हुर्किएका थापा भन्छन लोक संस्कृतीबाट टाढा जान मन नै लागेन ।

उनको परिवारले उनलाई लाहुरे बन्न सुझाव दिएकाे थियाे । बारम्बार लाउरे भन्नु पर्छ, भन्ने दबाब घर परिबारबाट आई नै रहन्थ्यो । तर सन्तुलाई लाहुरे बन्न पट्कै मन लागेन । लागोस् पनि कसरी ? , त्यत्ति बेला उनलाई नेपाली गीत संगीतसँगको प्रेमले जितिसकेको थियो ।

उनको गीत संगीतसँगको सम्बन्ध धेरै पहिले देखि नै थियाे । बाल्यकालमा गुल्मी तम्घासका पाखा पखेराहरुमा गीत गुन्गुनाउनु हिड्थे उनि । गीत रेकर्ड गर्ने तिव्र इच्छा हुदा पनि घरबाट सहयोग नभएकाे उनि बताउछन ।

“खाने मुखलाई जुगाँले छेक्दैन” भने जस्तै थापाले बि.सं २०६८ सालमा पहिलो गीत रेकर्ड गरि छाडे। “आफै पनि जानिन कुरा पनि सुनिन” उनको पहिलो गीत हो ।

गीत बजारमा आयो । गीतले धेरै सफलता पायो । पहिलो गीतले नै सन्तु थापालाई कलाकारको रुपमा चिनायो । झनै हौसाला मिल्यो, गीत संगीतमा लाग्नको लागी उनले बताए ।
त्यस पछि क्रमशः एक पछि अर्को गर्दै उनका गीतहरु बजारमा आउन थाले । सोचे जस्तो सफलता प्राप्त भइरह्याे ।

स्टेज प्रोग्रामहरुमा अब सन्तुको माग हुन् थाल्यो । स्टेज प्रोग्राममा जाँदा दर्शकले दिएको साथले उनलाई कहिले पनि गीत संगीत क्षेत्र छोड्न मन लागेन ।

गुल्मी जिल्लालाई लोक संस्कृतिको जिल्ला हो भनेर चिनाउन उनले ठुलो भुमिका खेलेका छन । कतिपय सफल कलाकार उत्पादनमा उनको ठुलो हात छ । उनि जहिले पनि नयाँ कलाकारलाई अबसर दिनुपर्छ भन्ने मान्याता राख्छन ।

उनका दर्जनौ गीतहरु बजारमा छन् । सन्तु थापाले लोकगीत, आधुनिक गित, सालैजो, कौडा, पञ्चेबाजा, सोरठी गीत, गाइसकेका छन ।

थापाको अहिले “लाहुरे दाई” बोलको गित बजार छ ।

थापा अहिले सम्म नेपाल बाहेकका एक दर्जन भन्दा बढी देशमा स्टेज प्रोग्राममा सहभागीता जनाइसकेका छन । यू.के, अष्ट्रिलिया, नेदरल्याण्ड, बेलजिएम, चेकरिब्लीक, स्पेन जस्ता धेरै देशमा सांस्कृतीक कार्यक्रममा उनि सहभागी भएका छन ।

रेडियो काठमाण्डुसँगको कुराकानीमा थापाले लोक गीत संगीतमा लाग्ने कलाकारमा अनुशासन हराएको हो की भन्ने जस्तो लागेको बताए । स्टेजमा लोकदोहोरी गाँउदा अग्रजहरुलाई सम्मान नगरेकोमा दुःखि भएकाे भन्दै उनले भने “ स्टेजमा लोकदोहीरी गाउदा गीत गाउने बास्तबिक कलाकारको नाम सम्म पनि लिनुहुन्न । पुराना स्रष्टाहरुका गीत हरु बङ्गाएर गाउँनु हुन्छ । कलाकारमा अनुशासन कम भयो ।”

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार