
माघ, काठमाण्डौं । अभिनेता दिलिप रायमाझी र अभिनेत्री अशिष्मा नकर्मीको अभिनय अब एकसाथ देख्न सकिने भएको छ ।
गायक प्रमोद खरेल र गायिका डा. रानी शाक्यद्धारा स्वरबद्ध ‘चल्यो मायाको बतास’ बोलको गीत सार्वजनिक भएसंगै उनीहरुलाई एक साथ आएका हुन् ।
डान्सिङ शैलीमा तयार पारिएका म्युजिक भिडियोमा उनीहरुको केमिस्ट्री गजब्बको देखिएको छ । हरी उप्रेतीको शब्द, राजन शाहीको कोरियोग्राफी रहेको गीतमा विकाश चौधरीले संगीत भरेका छन् ।
निर्देशक प्रहिल कार्कीको निर्देशनमा रहेको भिडियोमा आभेस बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको छ ।