
१० माघ, काठमाण्डौं । हाल देशका पश्चिमी वायुको सामान्य प्रभाव रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको मौसम बुलेटिनमा उल्लेख गरिएको छ । तराई भूभागहरु सामान्यतय सफा रहेको छ भने बाँकी भूभागमा हुसु्कु र कुहिरो लागेका विभागले जनाएको छ ।
यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले बताएको छ । सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश नं १, र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू भागहरुमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।