चिया सहि तरिकाबाट कसरी बनाउने ?


१० माघ, काठमाण्डौं ।  बिहान उठने बित्तिकै प्रायः जसो हामी सबैको पहिलो रोजाई चिया हुन्छ ।अझ अहिलेको जाडो मौसममा तातो चिया दिनभरमा अत्याधिक पिउने गर्छौ ।

हामीहरुको भन्सामा पाक्ने चिया प्रायःएकै किसिमबाट तयार गरिन्छ । हामीले दुध, चीनी, चियापत्ती हालेर उमालने गर्दछौ ।चिया मसला हाल्नुपरे उम्लिएको केही समयपछि राखने गर्छौ ।तर यो विधीलाई गलत मानिएको छ । यसरी चियापत्ती, दुध र चीनीलाई सँगै हालेर उमाल्नु चिया बनाउदा चिया स्ट्रङ्ग हुन्छ फलस्वरुप चियाको सबै फाइदा नष्ट हुन्छ ।यस्तो चिया पिउनुको कुनै फाइदा छैन ।

त्यसो भए जानौ चिया बनाउने सही तरिकाः

एउटा सफा भाँडोमा पानी लिनुहोस् । उक्त पानीलाई आधा मिनेट उमाल्नुहोस् । त्यसपछि एउटा सुख्खा भाँडामा चियापत्ती हाल्नुहोस् र त्यसमाथि उम्लिएको तातो पानी खन्याउनुहोस् अनि सो भाँडोलाई ५–६ मिनेटका लागि छोप्नुहोस् ।

त्यसपछि एउटा कपमा छानेर हाल्नुहोस् । अब स्वाद अनुसार दुध र चीनी लिनुहोस् । एक कप चिया बनाउनका लागि आधा चम्चा चियापत्ती उचित मनिन्छ ।

जानकारहरु बेड टी अर्थात्, उठ्ने बित्तिकै चिया नपिउन सुझाव दिन्छन् ।राती सुत्दा र आराम गर्दा आन्द्रा फ्रेश हुनाले बिहान उठ्ने बित्तिकै चिया पिउनु सही मानिदैन ।अबेर राती चिया पिउँदा निन्द्रा नलाग्ने समस्या पनि हुनसक्छ । दुध चिया दिनमा ३ कपभन्दा बढी पिउनु स्बस्थका लागी उचित मानिदैन ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार