नागरिक आन्दोलनले सोमबार बालुवाटार मार्च गर्ने


१० माघ, काठमाण्डौं । प्रतिनिधिसभा विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्धमा बृहत नागरिक आन्दोलनले सोमबार बालुवाटार मार्च कार्यक्रम गर्ने तय गरेको छ ।

मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने सबै सचेत नागरिकको कर्तव्यवोध सडकमै प्रदर्सित हुनु आवश्यक रहेकोमा जोड दिदै अभियानको तर्फबाट युग पाठकले एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।

मार्चपास सोमबार दिउँसो २ बजेदेखि शुरु गर्ने उल्लेख छ । कमलपोखरीबाट बालुवाटारसम्म हुने मार्चपासका क्रममा कलात्मक प्रस्तुति समेत रहने बताइएको छ ।

जारी विज्ञप्तिमा सबै संगीतकर्मी, कवि, कलाकार, बौद्धिक, लेखक, पेशाकर्मी तथा नागरिक अभियन्ताहरुलाई मार्चपासमा सहभागिताका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार