सिरहामा नेपाली सेनाद्धारा प्रेसर कुकर बम डिस्पोज


१० माघ, काठमााण्डौं । सिरहाको मिर्चैया नगरपालिका वडा नं.५ जिबा खोलाको पुलमा शनिबार अज्ञात समूहले राखेकोे प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार सिरहाको चोहर्वामा रहेको सेनाको शेर गणका बम डिस्पोजल टोलिले बम डिस्पोज गरेको हो ।

शनिवार बिहान स्थानीयले उक्त प्रेसर कुकर बम देखे पछि प्रहरीलाई खबर गरेका थिए । बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार