अवैध रकमसहित कैलालीबाट एक भारतिय नागरिक पक्राउ


२० भदौ, कैलाली । कैलालीबाट प्रहरीले २९ लाख ८० हजार रुपैयाँ अवैध रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

युपी ३१ एके ७३४८ नम्बरको कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा कैलाली भन्सार कार्यालय नजिकैबाट भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको हाे ।  कैलाली प्रहरी कार्यलयले जानकारि दिएकाे छ ।

गोप्य सूचनाको आधारमा उनी चढेर आएको कारको खानतलासी गर्दा २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद भएको कैलाली प्रहरी कार्यलयले जानकारि दिएकाे छ ।

धनगढीमा सुन पसल सञ्चालन गर्दै आएका बर्माको साथबाट विभिन्न बैैंकका ६ वटा एटिएम कार्ड र खाली चेक समेत बरामद भएको छ ।

नगद तथा गाडी सहित बरामद गरी थप अनुसन्धान भई रहेको ।

सम्बन्धित समाचार